काठमाडौं । डिजेल पेट्रोललगायतका ईन्धनमा मूल्य वृद्धि गरेको भन्दै आज भारतीय काँग्रेस पार्टीले भारत बन्द गरेको छ । भारतीय कांग्रेस पार्टीले गरेको प्रधानमन्त्री मोदी विरुद्धको उक्त बन्दमा विभिन्न व्यापारी, २१ ओटा विपक्षी दल तथा विभिन्न सामाजिक संगठनहरुले विरोधको समर्थन गरेका छन् ।
तर, कांग्रेसले गरेको उक्त बन्दमा कतिपय विपक्षी पार्टीले भने सहमती जनाएका छैनन । मोदी सरकारले पेट्रोल तथा डिजेलमा मूल्य वृद्धि तथा भारतीय रुपैयाँको बढ्दो गिरावटलाई कम नगरी भारतीय जनतालाई सास्ती दिईरहेको भन्दै कांग्रेस पार्टीले विरोध र्याली निकालेको हो ।
भारतको एक प्रशिद्ध अनलाईनका अनुसार कांग्रेसले गरेको उक्त बन्दले भारतको अर्थव्यबस्थामा १ दिनमा १८ हजार करोड भारुको नोक्सान हुने छ । उक्त अनलाईनका अनुसार यातायात, उत्पादन तथा बैंकिङ क्षेत्रहरु लगायत सबै क्षेत्रहरु आज बन्द हुने हुनाले उक्त मात्रामा क्षति हुने बताईएको हो । भारतमा जुलाईमा भएको ट्रक चालकको ८ दिन लामो हड्तालले अर्थव्यबस्थामा ५० हजार करोड भारुको नोक्सान भएको थियो ।