Logo

२ लाख ६० हजार जनता गरिबीबाट मुक्त !

२ लाख ६० हजार जनता गरिबीबाट मुक्त !


बिजखबर संवाददाता
0
Shares

ल्हसा । चीनको दक्षिणपूर्वमा पर्ने तिब्बत स्वशासित क्षेत्रका दुई लाख ६० हजार नागरिकलाई गरिबीबाट मुक्त गरिएको छ ।
गत दुई बर्षको अवधिमा उनीहरुलाई गरिबीबाट मुक्त गरिएको क्षेत्रीय सरकारका प्रमुख किझालाले बुधबार जानकारी दिए ।

सन् २०१५ को अन्त्य सम्ममा पाँच लाख ९० हजार नागरिक गरिबीको रेखामुनी रहेकोमा सन् २०१७ को अन्त्यमा ३ लाख ३० हजार जना मात्रै गरिबीको रेखामुनी रहेका छन् ।

बार्षिक प्रतिव्यक्ति आय ३४८ अमेरिकी डलर पुगेपछि उनीहरुलाई गरिबीबाट मुक्त भएको मानिने मापदण्ड बनाइएको छ ।

‘सरकारले यस क्षेत्रमा गरिबी विरुद्धको अभियानका लागि धेरै नै बजेट छुट्याएको छ भने विभिन्न कार्यक्रमहरु पनि संचालन गरेको छ,’ सरकार प्रमुख किझालाले भने ।

तिब्बतले आगामी सन् २०१८ मा एक लाख ४० हजार नागरिकलाई गरिबीबाट मुक्त गराउने प्रतिज्ञा गरेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । तिब्बत क्षेत्रको कुल जनसंख्या ३२ लाख रहेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL