Logo

दिल्लीमा गैरआवासीय राजदूतहरुको सम्मेलन, नेपालमा लगानीको अवसर बारे चर्चा

दिल्लीमा गैरआवासीय राजदूतहरुको सम्मेलन, नेपालमा लगानीको अवसर बारे चर्चा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतको राजधानी दिल्लीमा गैर आवासीय राजदुतहरुको सम्मेलन सम्पन्न भएको छ । इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोकिम रिसर्च (आइएसएसआर) ले नेपाल सरकार, परराष्ट्र मन्त्रालय दिल्लीस्थित नेपाली राजदूतावास र प्याविलियन ग्रुपको सहकार्यमा ‘इनह्यानिसङ बाइलयाटरल इकोनोमिक कोअपरेसन वीथ कन्ट्रीज हभिङ डिप्लोमेटिक रिलेसन वीथ नेपाल’ नामक कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय राजदूतहरुलाई लक्षित गरेर मे ५ र ६ मा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी मुलुकका प्रतिनिधिहरुलाई नेपालको समग्र आर्थिक अवस्था, लगानीका अवसर, लगानीका वातावरण तथा पूनर्निर्माणको अवस्थालगायतबारे जानकारी दिनेउद्देश्य सहित कार्यक्रम आयोजना गरिएको हो । साथै ती मुलुकहरुसंग अर्थिक संभावनाका क्षेत्रहरुका वारेमा अबधारणा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गैर आवासीय राजदूतावासहरुका अतिरिक्त अन्य राजदूतावासहरु, भारतका वैदेशिक लगानीकर्ताहरु, र भारतीय परराष्ट्र मंत्रालयको पनि सहभागिता रहेको थियो । साथै नेपालबाट नेपाल सरकारका सचिव तथा नीजी क्षेत्रका प्रतिनिधीहरले पनि सम्मेलनमा भाग लिएका थिए ।
सम्मेलनको उद्घाटन नेपालका परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत र भारतीय विदेश मंत्रालयका विदेश राज्यमन्त्री जेनेरल भीके सिंहले संयुक्तरुपमा गरेका हुन् ।

कार्यक्रममा मन्त्री डा.महतले यो सम्मेलनलाई विशिष्ट र पहिलो भन्दै सहभागीहरुलाई ढुक्क भएर कृषी, जलस्रोत, पर्यटन र शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रमा लगानी गर्न आह्वान गरे ।

सम्मेलनमा विदेश राज्यमन्त्री जेनेरल भीके सिंहले आजको समयमाआर्थिक विकासलेनै कुनैपनिमुलुक कता जान्छ भन्ने कुराको निर्धारण गर्छ भन्दै नेपालमा निजी क्षेत्र बढिमात्रामा व्यापारिक क्षेत्रमा लागेकाले पूर्वाधार र अन्य क्षेत्रमा लागानी गर्न आह्वान गरे ।
भारत र चीनको विकासबाट नेपालमा लगानीको वातावरण बनेको विचार राखे ।

सो कार्यक्रममा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय र आइएसएसआरका अध्यक्षप्रा.डा. विश्वम्भर प्याकुप्यालले सम्मेलनको औचित्य र उद्देश्यमाथीप्रकास पार्दै नेपालमा लगानी गर्न सहभागीहरुलाई आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL