Logo

प्रदुषण हटाउन भारतको नयाँ जुक्ति, २०३० पछि डिजेल र पेट्रोल कारको बिक्रि नहुने

प्रदुषण हटाउन भारतको नयाँ जुक्ति, २०३० पछि डिजेल र पेट्रोल कारको बिक्रि नहुने


बिजखबर संवाददाता
27
Shares

बढ्दो प्रदुषण नियन्त्रण तथा पेट्रोलियम आपूर्ती घटाउने उद्देश्यसहित भारत सरकारले नयाँ योजना अघि सारेको छ । भारतका उर्जा मन्त्रीले अघि सारेको योजना अनुसार सन् २०३० पछि भारतमा बिक्रि हुने हरेक कार इलेक्ट्रिक हुनेछ ।

सवारी साधन सञ्चालनको खर्च समेत घटाउने उद्देश्य राखिएको यो योजनाले प्रदुषणका कारण हुने गम्भिर स्वास्थ्य समस्या पनि घट्ने अपेक्षा राखिएको छ ।

नयाँ दिल्लीमा हालै सम्पन्न भारतीय उद्योगका वार्षिक सम्मेलनका अवसरमा कोइला तथा खानी मन्त्री पियुष गोयलले यसबारे योजना सार्वजनिक गरेका थिए । ‘हामी ठूलो मात्रामा इलेक्ट्रीक सवारी सञ्चालनको योजना अघि बढाइरहेका छौं’ सम्मेलनमा उनले भनेका थिए ।

इलेक्ट्रीक सवारी उत्पादनमा पनि आत्मनिर्भर बन्ने महत्वाकाङ्क्षी योजना सार्वजनिक गर्दै उनले पत्रकारहरुसँग भनेका थिए ‘सन् २०३० पछि पेट्रोल र डिजेटलबाट चल्ने कुनै पनि कारको बिक्रि भारतमा हुने छैन’ ।

यसका लागि इलेक्ट्रीक सवारी निर्मातालाई केहि बर्ष भारत सरकारले सहयोग गर्ने समेत उनले जानकारी दिए ।

दी इण्डिपेण्डेण्टबाट साभार

प्रतिक्रिया दिनुहोस्
MBL