Logo

गुगलका सिइओको लोभलाग्दो कमाई, एक बर्षको तलव २० अर्व

गुगलका सिइओको लोभलाग्दो कमाई, एक बर्षको तलव २० अर्व


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गुगलका सिइओ सुन्दर पिचाई ले गत बर्ष कम्पनीबाट २०० मिलियन डलर अर्थात २० अर्व रकम बुझेका थिए । जुन २०१५ को भन्दा दोब्बर हो । पिचाई ले २०१६ मा ६ लाख ५० हजार अमेरिकी डलर तलवमात्रै बुझेका हुन् ।

लामो समयसम्म गुगलका कर्मचारी रहेका उनलाई कार्यलयको पूर्नगठनको अवसरमा सिइओ बनाइएको थियो । सो अवसरमा उनले १९ अर्व ८७ लाखको स्टक अवार्ड पाएका थिए । जवकी उनले २०१५ मा ९ अर्व ९८ लाखको स्टक अवार्ड बुझेका थिए ।

उनको मातहतमा रहेर गुगलले यु ट्युव विजनेश गरिरहेको छ । साथसाथै हार्डवेयर तथा क्लाउड कम्प्युटिङमा पनि काम गरिरहेको छ । २०१६ मा गुगलले नयाँ स्मार्टफोन, हेडसेट तथा राउटरलगायत सार्वजनिक गरेको थियो । यस्ता कामहरुले गुगललाई नाफा दिन शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL