Logo

यस्तो पो भाषण ! एउटा ‘स्पिच’का लागि ओबामाले पाउँदैछन् ४ करोड

यस्तो पो भाषण ! एउटा ‘स्पिच’का लागि ओबामाले पाउँदैछन् ४ करोड


बिजखबर संवाददाता
0
Shares

दुई कार्यकाल संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनेका बाराक ओबामा आफ्नो वाककलाका लागि पनि प्रसिद्ध छन् । उत्पे्ररणा र सकारात्मक सोंच जगाउने उनको भाषण सुन्ने चाहना राख्ने विश्वभर धेरे मानिसहरु छन् । राष्ट्रपतिको कार्यकाल पुरा गरे लगत्तै आफ्नो व्यक्तिगत घुमघामपछि ओबामा पछिल्ला दिनमा औपचारीक कार्यक्रममा देखिन थालेका छन् । गत सोमबार मात्रै ओबाले युनिभर्सिटि अफ सिकागोमा आफ्नो ‘स्पिच’ दिएका थिए ।

यसै सन्दर्भमा ओबामालाई उनको ‘स्पिच’का लागि वाल स्ट्रिट इन्भेष्टमेण्ट बैङ्कले अनुबन्ध गर्ने कुरा बाहिर आएको छ । बैङ्कले उनको एउटा भाषणका लागि चार लाख डलर अर्थात चार करोड रुपैयाँभन्दा बढी पैसा दिने भएको छ । यसअघि बैङ्कले नै राष्ट्रपतिकी उम्मेदवारसमेत रहेकी तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिण्टनका लागि एउटा भाषणका लागि दुई लाख ५० हजार डलर प्रदान गरेको थियो । संयोग त यो छ की ओबामाले आफ्नो राष्ट्रपति कार्यकालमा सोही बैङ्कले क्लिण्टनलाई उनको भाषणका लागि दिएको रकमका विषयमा व्यङ्ग्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL