Logo

क्यानडाको आम चुनाव जितेपछि प्रधानमन्त्री कार्नीले भने-ट्रम्पको चाहना पुरा हुन दिदैनौं

क्यानडाको आम चुनाव जितेपछि प्रधानमन्त्री कार्नीले भने-ट्रम्पको चाहना पुरा हुन दिदैनौं



काठमाडौँ । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ । यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाए ।

प्रधानमन्त्री कार्नीले भने- ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिका हामीमाथि प्रभुत्व जमाउन सकोस्, त्यो कहिल्यै हुनेछैन ।’

उनले भने, ‘अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भएको छ । हामीले अमेरिकी विश्वासघातको आघात पार गरिसकेका छौं, हामीले एकअर्काको ख्याल राख्नुपर्छ ।’

ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की निरन्तर दिइरहेका छन् र क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने कुरा पनि गरेका छन् । सोमबार भएको मतदानपछि जारी मतगणनामा कार्नी नेतृत्वको लिबरल पार्टीले १६७ स्थानमा अग्रता हासिल गरेको छ भने कन्जरभेटिभ पार्टीले १४५ सिटमा अग्रता हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्