Logo

निर्यात १२.४ प्रतिशतले वृद्धि भएको चीनको भनाइ, अनुमानभन्दा झण्डै तेब्बर बढी

निर्यात १२.४ प्रतिशतले वृद्धि भएको चीनको भनाइ, अनुमानभन्दा झण्डै तेब्बर बढी



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण बढ्दो व्यापार माहोललाई पार गर्दै चीनले गत महिनासम्मको १२ महिनाको निर्यातमा १२.४ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

यो आँकडा ब्लुमबर्गको सर्वेक्षणमा अनुमान गरिएको ४.६ प्रतिशतको तु्लनामा झण्डै तेब्बर बढी हो । बेइजिङको सामान्य भन्सार प्रशासनका अनुसार सोही अवधिमा आयात ४.३ प्रतिशतले घटेको छ ।

चीनका शीर्ष नेताहरूले गत महिना पाँच प्रतिशतको हाराहारीमा वार्षिक आर्थिक वृद्धिको महत्त्वाकाङ्क्षी लक्ष्य राखेका थिए र आन्तरिक मागलाई मुख्य आर्थिक चालक बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले सुस्त उपभोग र सम्पत्ति क्षेत्रमा लामो समयसम्म ऋण सङ्कटको सामना गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको व्यापार युद्धका कारण यो नाजुक पुनरुत्थानले नयाँ चुनौतीको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्