Logo

अब बैंक खातामा न्यूनतम मौज्दात नभए जरिवाना तिर्नुपर्ने, एफडीबाट प्राप्त ब्याजमा टिडिएस नलाग्ने

अब बैंक खातामा न्यूनतम मौज्दात नभए जरिवाना तिर्नुपर्ने, एफडीबाट प्राप्त ब्याजमा टिडिएस नलाग्ने



काठमाडौं । भारतको नयाँ आर्थिक वर्ष मंगलबारदेखि २०२५–२६ को सुरुवात भएको छ । यससँगै आजदेखि भारतमा विभिन्न नियमहरू परिवर्तन हुँदैछन् । साथै, सरकारका धेरै घोषणाहरू आजदेखि लागू हुनेछन् । जसको प्रत्यक्ष असर आम जनतामा पर्नेछ ।

आज, १ अप्रिलदेखि भारतीय सरकार बैंक खातामा न्यूनतम मौज्दातको बारेमा कडा हुँदैछ । चाहे त्यो बचत खाता होस् वा चालु खाता । सबै खाताहरूमा न्यूनतम मौज्दात कायम राख्नुपर्ने शर्त छ । आजदेखि, कुनै पनि खातावालाको खातामा न्यूनतम मौज्दात नभए उनीहरूले जरिवाना तिर्नुपर्ने हुन सक्छ ।

यस्तै आजदेखि, फिक्स्ड डिपोजिट अर्थात् एफडीमा पैसा जम्मा गर्नु तपाईंको लागि अझ फाइदाजनक हुनेछ । तपाईंको एफडीमा १ लाख भारुसम्मको ब्याजमा डिडिएसत्म्क् कटौती गरिने छैन । अर्को शब्दमा भन्नुपर्दा, अब तपाईंले कुनै पनि कर कटौती बिना नै सम्पूर्ण रकम प्राप्त गर्न सक्नुहुनेछ ।

यस्तै भारत सरकारले घोषणा गरेको नयाँ कर व्यवस्था आजदेखि लागू भएको छ । नयाँ कर स्ल्याब सरकारले फेब्रुअरीमा घोषणा गरेको साधारण बजेटमा घोषणा गरेको थियो ।

यस अन्तर्गत, १२.७५ लाख रुपैयाँ (२० लाख ४० हजार नेपाली रुपैयाँ) सम्मको वार्षिक आयमा कुनै कर लाग्ने छैन । यदि आम्दानी यो भन्दा बढी छ भनेमात्र कर तिर्नु पर्नेछ । यो नयाँ कर व्यवस्थासँगै पुरानो कर व्यवस्था पनि लागू रहनेछ । जसमा सर्वसाधारणले आफ्नो रोजाइ अनुसार दुई व्यवस्था मध्ये कुनै एक छनौट गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्