Logo

दक्षिण कोरियामा भिषण आगलागी: २४ जनाको मृत्यु, १३ सय वर्ष पुरानो बौद्ध मन्दिर नष्ट

दक्षिण कोरियामा भिषण आगलागी: २४ जनाको मृत्यु, १३ सय वर्ष पुरानो बौद्ध मन्दिर नष्ट



काठमाडौं । दक्षिण-पूर्वी दक्षिण कोरियाको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । दक्षिण कोरियाको गृह तथा सुरक्षा मन्त्रालयका अनुसार यस घटनामा हालसम्म २४ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

यसैबीच, अधिकारीहरूले आगो निभाउन खटिएको हेलिकप्टर पनि दुर्घटनाग्रस्त भएको बताएका छन् । देशका कार्यवाहक राष्ट्रपति हान डुक सूले यो चुनौती गम्भीर रहेको बताउदै देशको इतिहासमा सबैभन्दा खराब वन डढेलो भएको बताएका छन् ।

आगलागीपछि २३ हजारभन्दा बढी मानिसहरूलाई उनीहरूको ठाउँबाट सारिएको छ। यस आगलागीबाट धेरै ऐतिहासिक स्थलहरू पनि प्रभावित भएका छन्। यसमा १३०० वर्ष पुरानो बौद्ध मन्दिर पनि समावेश छ, जुन अहिले वनको आगलागीका कारण नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्