Logo

जेलन्सकीसँग ट्रम्पले भने–युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ

जेलन्सकीसँग ट्रम्पले भने–युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग युक्रेन युद्धबारे बुधबार एक घण्टा कुराकानी गरेका छन् । जसको विवरण बाहिर आएको छ। यसअघि ट्रम्पले भनेका थिए, ‘हामी सही बाटोमा छौं । हाम्रो अधिकांश कुराकानी हिजो पुटिनसँग भएको कुराको वरिपरि घुमेको थियो, विदेश सचिव मार्को रुबियो र एनएसए माइकल वाल्ट्जले यस कुराकानीको विवरण दिनेछन् ।’

यसपछि अमेरिकी विदेशमन्त्री र एनएसएले एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले युक्रेनको पावर प्लान्टको सुरक्षाका लागि अमेरिकालाई नियन्त्रण दिन सुझाव दिएको बताए । उही समयमा, जेलेन्स्कीले एक्समा मा लेखेका छन्, ‘मैले युद्ध समाप्त गर्ने पहिलो कदमको रूपमा ऊर्जा र अन्य पूर्वाधारमा आक्रमण नगर्ने प्रस्तावको समर्थन गरें। त्यसलाई कार्यान्वयन गर्न हामी तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्