Logo

युक्रेन-अमेरिकाबीच रुससँग ३० दिन अस्थायी युद्धविराम गर्ने सहमति, पुटिनले के गर्लान ?

युक्रेन-अमेरिकाबीच रुससँग ३० दिन अस्थायी युद्धविराम गर्ने सहमति, पुटिनले के गर्लान ?



काठमाडौं । साउदी अरबको जेद्दामा अमेरिका र युक्रेनी अधिकारीहरूबीच भएको महत्वपूर्ण शान्ति वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको ३०–दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको घोषणा गरेका छन्। आठ घण्टा लामो बैठकपछि मंगलबार जेलेन्स्कीले भने, ‘हामी यो प्रस्तावलाई सकारात्मक ठान्छौं र कदम चाल्न तयार छौं, तर रुसलाई सहमत गराउन अमेरिकाले भूमिका खेल्नु पर्छ ।’ उनले मस्कोको सहमतिपछि मात्र युद्धविराम लागू हुने बताए ।

बैठकपछि अमेरिकाले युक्रेनसँगको संयुक्त विज्ञप्तिमा गुप्तचर साझेदारीको रोक हटाउने र सुरक्षा सहयोग पुनः सुरु गर्ने प्रतिबद्धता जनाएको छ । एक युक्रेनी अधिकारीले सहयोग फेरि शुरू भएको पुष्टि गरे। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, ‘अब युद्ध अन्त्य गर्ने जिम्मेवारी रुसको हो, हामी शान्तिको आशा गर्छौं ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कदमको स्वागत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यसै साता कुरा गर्ने बताए।

यो वार्ता रुसले कुस्र्क क्षेत्रमा अघि बढिरहेको समयमा भएको हो, जहाँ युक्रेनले गत अगस्टमा आक्रमण गरेको थियो। युक्रेनले युद्धविराममा हवाई र समुद्री आक्रमण रोक, कैदी रिहाइ र युक्रेनी बालबालिकाको फिर्ता पनि समावेश गरेको छ। दुई देशका अधिकारीहरू युक्रेनको अर्थतन्त्र र सुरक्षाका लागि दुर्लभ खनिज सम्झौतामा पनि सहमत भएका छन्। युरोपेली संघ र बेलायतले यो सम्झौतालाई सकारात्मक कदम भन्दै स्वागत गरेका छन् । अन्य देशहरूले रुसको सहभागितालाई निर्णायक मानेका छन् । ट्रम्पले पुटिनसँगको छलफलले युद्धविराम चाँडै लागू हुने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्