Logo

ट्रम्पलाई चीन, क्यानडा र मेक्सिकोको ‘काउन्टर’, अब अमेरिकी सामानहरूमा पनि कर

ट्रम्पलाई चीन, क्यानडा र मेक्सिकोको ‘काउन्टर’, अब अमेरिकी सामानहरूमा पनि कर



काठमाडौं । क्यानडा र मेक्सिकोबाट अमेरिका आयात हुने सामानहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइएको छ । यसबाहेक चीन विरुद्ध नयाँ १० प्रतिशत लेवी (एक प्रकारको कर) पनि सुरु गरिएको छ । ट्रम्पले अब क्यानडा र मेक्सिकोसँग वार्ताको कुनै सम्भावना नभएको बताए ।

करको बदलामा क्यानडाले पनि अमेरिकाबाट आयात हुने घरायसी सामान, सुन्तलाको जुस, वाइन, स्प्राइड, बियर र कफी लगायत सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकासँग यो कर लगाउनुको कुनै कारण नभएको बताएकी छन् । यसको विरोधमा मेक्सिकोले अमेरिकी सामानहरूमा कर लगाउने बारेमा पनि कुरा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्