Logo

५० लाख डलरको ‘गोल्ड कार्ड’ किन्नेले अमेरिकी नागरिकता पाउने ट्रम्पको घोषणा

५० लाख डलरको ‘गोल्ड कार्ड’ किन्नेले अमेरिकी नागरिकता पाउने ट्रम्पको घोषणा



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धनी मानिसहरूका लागि ५० लाख डलरमा अमेरिकाको नागरिकता दिने नयाँ योजना अघि सारेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले विश्वका धनी मानिसहरूलाई ५० लाख डलरको ‘गोल्ड कार्ड’ बेच्ने घोषणा गरेका हुन् । यसलाई अमेरिकामा ५० लाख डलरमा अमेरिकी नागरिकता साटफेर गर्ने प्रस्ताव भनिएको छ ।

राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भने, ‘हामी गोल्ड कार्ड बेच्दैछौं, तपाईसँग ग्रीन कार्ड छ, यो चाहिँ गोल्ड कार्ड हो । हामीले यो कार्डको मूल्य करिब ५ मिलियन डलर राखेका छौं र यसले यसले ग्रीन कार्डको सुविधा मात्र नभएर अमेरिकी नागरिकता प्राप्तिको रुट पनि हो । यो गोल्ड कार्ड किनेर धनी मानिसहरू हाम्रो देशमा आउने छन् ।’ गोल्ड कार्ड करिब २ सातापछि विक्री शुरु हुने ट्रम्पले बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्