Logo

अमेरिकाको मागमा सहमतिपछि मेक्सिको र क्यानडालाई कर लगाउने ट्रम्पको निर्णय तत्काललाई स्थगित

अमेरिकाको मागमा सहमतिपछि मेक्सिको र क्यानडालाई कर लगाउने ट्रम्पको निर्णय तत्काललाई स्थगित



काठमाडौं । अमेरिकाले मेक्सिको र क्यानडामा लगाएको कर तत्कालका लागि रोकेको छ । मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी नियन्त्रण गर्न सहमति जनाएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तत्कालका लागि पछि हटेका हुन् ।

यससँगै मेक्सिकन र क्यानेडियन नेताहरूले लागूऔषध तस्करी र अवैध आप्रवासनविरुद्ध लड्न अमेरिकासँगको आफ्नो सिमानामा हजारौं प्रहरी पठाउने भएका छन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोमा प्रस्ताव गरेको २५ प्रतिशत कर मंगलबारदेखि लागू हुने तय भएको थियो ।

यसैबीच, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट अमेरिका बाहिरिएपछि विश्वभर सञ्चालित स्वास्थ्य आपतकालीन कार्यक्रम जोखिममा परेका छन् । डब्ल्यूएचओको बैठकमा प्रस्तुत गरिएको एक दस्तावेजले अमेरिका पुनः डब्लूएचओमा सामेल नभए मध्य पूर्व, युक्रेन र सुडानमा सञ्चालित पोलियो र एचआईभी कार्यक्रम बन्द हुने सक्ने जनाइएको छ । स्वास्थ्य आपतकालीन कार्यक्रमका लागि डब्लूएचओ अमेरिकामा निर्भर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्