Logo

ट्रम्पद्वारा आफूविरुद्ध अनुसन्धान गर्ने १२ वकिल बर्खास्त, थप तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने

ट्रम्पद्वारा आफूविरुद्ध अनुसन्धान गर्ने १२ वकिल बर्खास्त, थप तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा परेका उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए ।

अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । न्याय विभागका ती अधिकारीले आउँदा दिनमा राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न नसक्ने भएकाले बर्खास्त गरेको कार्यवाहक महान्यायाधिवक्ता म्याकहेनरीले बतएका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले थप तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ । उनले सेनामा ट्रान्सजेन्डरको भर्ती, कोभिड भ्याक्सिन अस्वीकार गर्ने सिपाहीको पुनस्र्थापना तथा विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित आदेशमा हस्ताक्षर गर्ने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्