काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् । उनी खासमा प्रवासी तथा आप्रावासीको बिषयमा अनुदार देखिएका छन । उनले राष्ट्रपतिमा निर्वाचित भए पछि हिजो लिएको पद तथा गोपनियताको सपथ ग्रहण पछि गरिएको घोषणा मेक्सिकोसँग जोडिएको दक्षिणी सिमामा संकटकाल घोषणा गरेका छन र अबैध आप्रावासीलाइ देश निकाला गर्नेसमेत जनाइ सकेका छन् ।
सपथ पछि दिएको ३० मिनेट लामो भाषणमा उनले झन्डै चार दर्जन बढी घोषणासमेत गरेका थिए । जसमा अबैध आप्रवासीलाइ देश निकाला, मेक्सिको बोर्डरमा संकटकाल, पनामा नहरमा स्वामित्व ग्रहण गर्ने, देशमा तेल र ग्याँस उत्पादन बढाउनेलगायतका धेरै नयाँ कुरा घोषणा गरिसकेका छन ।
खासमा उनको बैबाहिक जीवन पनि निकै रोचक छ । हाल उनी आप्रवासी र प्रवासी प्रति अनुदार देखिए पनि उनकी पहिलो श्रीमती भने चेकोसलाभियाकी थिइन् । भ्यानिटी फेयर म्यागजिनका अनुसार यो त्यो ठाउँ थियो, जहाँ मोडलहरूले डेटिङका लागि धनी पुरुषहरू खोज्थे। एक साँझ ट्रम्प यसको बियर बारमा आए। यहाँ उनको नजर चेकोस्लोभाकियाकी मोडेल इभाना माथी पर्यो।
ट्रम्पले उनलाई १०० गुलाब पठाए र बाहिर घुम्न लगेका थिए । इभानाले आफ्नो पुस्तक ‘रेजिङ ट्रम्प’ मा लेखेकी छिन् कि ट्रम्पले उनलाई त्यसपछि ३ महिनासम्म हरेक दिन फोन गरे र दुवैले एकअर्कासँग धेरै महिना डेटसमेत गरेका थिए ।
सन् १९७७ को नयाँ वर्षको पूर्वसन्ध्यामा ट्रम्पले इभानालाई विवाहको प्रस्ताव राखेका थिए । ट्रम्पले भने, ‘यदि तिमीले मसँग बिहे गरेनौ भने तिम्रो जीवन बर्बाद हुनेछ ।’ इवाना विवाहमा सहमत भइन् र दुवैले अन्ततः ९ अप्रिल १९७७ मा विवाह गरेका थिए । तर, ट्रम्पले आफ्नो एक साथीलाई आफुले ५ सन्तानको पीता हुन चाहेको बताएका थिए । ताकि कम्तिमा एक बच्चा तिनीहरू जस्तै हुन् । ट्रम्पले इभानालाई ५ सन्तान जन्माउन मनाउन थाले, ट्रम्पले उनलाई प्रत्येक बच्चाका लागि २.५ लाख डलर उपहार पनि दिए । तर, इभाना र ट्रम्पका ३ सन्तानमात्रै भए यसमा डोनाल्ड जूनियर, छोरी इभान्का र कान्छो छोरा एरिक रहेका छन्। तर, तीन सन्तान जन्माइसके पछि विवाहको ८ वर्षपछि मात्रै उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो ।
यसैबिच, सन् १९८५ मा ट्रम्पले उता मोडल मार्ला म्यापल्सलाई टेनिस खेलको क्रममा भेटेका थिए । यसपछि दुवैको अफेयर सुरु भयो । १९८९ मा इभाना क्रिसमस बिदाहरू बिताउन एस्पेन, कोलोराडो पुगेकी थिइन । मार्ला म्यापल्स पनि त्यहाँ पुगेकी थिइन । मार्लाले इभानासँग आफ्नो परिचय दिईन् र भनिन्– ‘म मार्ला हुँ, म तिम्रो श्रीमानलाई माया गर्छु, के तिमी पनि उसलाई माया गर्छौ ?’
इभानाले आफ्नो पुस्तकमा लेखेकी छिन्– ‘यो प्रश्न सुनेर म छक्क परें ।’ मैले तुरुन्तै भनेँ– ‘हो,। म मेरो श्रीमानलाई माया गर्छु। मैले मार्लालाई जवाफ दिएँ, तर म स्तब्ध भएँ।’ उनका अनुसार सो भेटघाटको केही समयपछि उनले ट्रम्पसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेंकी थिइन । ट्रम्प र इभानाको झगडा देशभर लोकप्रिय भयो। हरेक दिन ट्रम्प, इभाना र मार्लासँग सम्बन्धित समाचार पत्रपत्रिकामा हेडलाइन बन्ने गरेका थिए ।
यसैबीच, अखबारमा एउटा हेडलाइनले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको थियो, जसमा लेखिएको थियो, ‘ट्रम्पसँग मेरो जीवनको सबैभन्दा राम्रो शारीरिक सम्बन्ध थियो’ मार्लाले नै मिडियालाई यो बताइन् । यसले ट्रम्प र इभनाको बिचमा थप दरार उत्पन्न भयो । जसका कारण ट्रम्प–इभाना मुद्दा अदालतमासमेत तानिएको थियो । कतिसम्म भने, इभानाले ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी थिइन् । अन्ततः उनीहरुको सम्बन्धविच्छेद सन् १९९० को डिसेम्बरमा भएको थियो । त्यतिबेला ट्रम्पले इभानालाई करोडौं रकम दिएका थिए ।
दोस्रो बिबाह
इभनासँग डिभोर्स भए पछि ट्रम्पले मार्लासँग विवाह गरे, जुन बेला उनीहरू बिच बिबाह भयो, त्यो बेला मार्ला भने ७ महिनाकी गर्भवती थिइन् । दुई महिना पछि ट्रम्पको चौथो सन्तान टिफनीको जन्म भयो। तर, मार्ला र ट्रम्पबीचको सम्बन्ध ३ वर्ष मात्र टिक्यो । दुवैले सन् १९९७ मा एकअर्कासँग सम्बन्धविच्छेद गरेका थिए ।
सम्बन्धविच्छेद पछि न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा मार्लाले भनेकी थिइन्, ‘मैले बिहे गर्न चाहेको व्यक्ति डोनाल्ड थिएनन, ट्रम्प र उनको संसार मेरो लागि एलियन थियो। उसवाट अलग भएकोमा म अहिले धेरै खुसी छु।’
तेस्रो बिबाह
डोनाल्ड ट्रम्प र मार्लाबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको बेला ट्रम्पले स्लोभेनियाली मोडल मेलानिया नाउसलाई भेटेका थिए। पोलिटिकोको रिपोर्टका अनुसार यी दुईबीच पहिलो भेट सन् १९९८ मा न्यूयोर्कमा एउटा पार्टीको क्रममा भएको थियो । यहाँ ट्रम्पले मेलानियासँग उनको फोन नम्बर पनि मागेका थिए । सन् २००४ मा मेट गालामा ट्रम्पले मेलानियालाई प्रस्ताव राखेका थिए ।
अन्ततः दुवैले २२ जनवरी २००५ मा विवाह गरेका थिए । मेलानिया र ट्रम्पको ब्यारोन ट्रम्प नामको छोरा पनि छन् । सन् २०१७ मा ट्रम्प राष्ट्रपति बनेपछि मेलानिया अमेरिकाकी प्रथम महिला पनि बनिन् ।
ट्रम्पको व्यक्तिगत जीवन निकै विवादमा परेको छ । न्युयोर्क टाइम्सका अनुसार ट्रम्प सैन्य विद्यालयमा पढ्दादेखि नै महिला पुरुष मानिन्थ्यो। ट्रम्पको सम्बन्ध मोडलसँग मात्र नभई पोर्न स्टारसँग पनि थियो । उनको खराब यौन जीवन व्यवहारका कारण अहिलेसम्म २७ महिलाले उनीमाथि यौन शोषणको आरोप लगाएका थिए ।