Logo

चीनमा खस्कियो आइफोनको विक्री, हुवावे र भिभो अग्रस्थानमा

चीनमा खस्कियो आइफोनको विक्री, हुवावे र भिभो अग्रस्थानमा



काठमाडौं । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको नयाँ तथ्याङ्कले देखाएको छ ।

क्यालिफोर्नियामा मुख्यालय रहेको विश्वप्रसिद्ध विशाल प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीनमा विक्रीको १५ प्रतिशत बजार हिस्सा लिएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ प्रतिशत र भिभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको आद्योगिक तथ्याङ्क प्रदायक क्यानालिसले जनाएको छ ।

साथै, चीनमा कुल स्मार्टफोन बिक्रीमा निकै तल रहेका चिनियाँ ब्राण्ड ओपो र अनरले पनि करिब १५ प्रतिशत विक्रीको हिस्सा लिँदै एप्पललाई चुनौती दिएका छन् ।

बजारमा गिरावटको सामना गरिरहेको एप्पलले चीनमा सन् २०२३ मा ५ करोड १० लाख ८० हजार आइफोन विक्री गरेकोमा यो सङ्ख्या सन् २०२४ मा चार करोड २० लाख ९० हजारमा सिमित भएको छ ।

क्यानालिसका रिसर्च म्यानेजर अम्बर लिउले ‘तीव्र प्रतिस्पर्धाका कारण’ एप्पलका लागि निरन्तर बदलिँदो परिदृश्य आएको छ ।

शीर्ष स्थानमा रहेको भिभोले गत वर्ष ‘बलियो गति’ देखाएको उल्लेख गर्दै लिउले भने, ‘कम्पनीको रणनीतिले ‘सुरूवाती तहदेखि मध्यमदेखि अन्तसम्म आफ्नो स्थान बलियो बनाउन’ मद्दत गरिरहेको छ ।’

यसैबीच, कुनै समय राष्ट्रिय सुरक्षा चिन्ताका कारण वासिङ्टनबाट कडा प्रतिबन्धहरूको सामना गरेको शेन्जेनमा मुख्यालय रहेको हुवावेले सन् २०२४ मा यसको घरेलु बजारमा पुनरुत्थान जारी राख्यो ।

क्यानालिसको तथ्याङ्कअनुसार कम्पनीले गत वर्ष कुल स्मार्टफोनको नियातमा ३७ प्रतिशतले वृद्धि हासिल गरेको छ ।

एप्पलको आईफोन चीनमा अझै पनि लोकप्रिय छ, तर विशाल बजारका धेरै उपभोक्ताहरूले हालका वर्षहरूमा घरेलु विकल्पहरूमा सरेका छन् किनकि बजारको क्षेत्र र प्रतिस्पर्धा तीव्र भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले गत वर्ष धेरै पटक चीनको भ्रमण गरेका थिए ।

क्यानालिसको तथ्याङ्कअनुसार चौथो त्रैमासिकमा एप्पलको स्मार्टफोनको निर्यातमा २५ प्रतिशतले गिरावट आएको छ ।

रिपोर्टमा भनिएको छ, ‘चौथो त्रैमासिकमा चीनको मुख्य भूमिमा उत्पादन भएका चिनियाँ स्मार्टफोन बजार पाँच प्रतिशतले वृद्धि भएको छ र कुल निर्यातको सात करोड ७० लाख ४० हजार युनिट पुगेको छ । यस क्षेत्रको लागि थप सकारात्मक सङ्केतमा, बेइजिङले गत हप्ता घोषणा गरेको केहि स्मार्टफोनहरूको व्यक्तिगत खरीदको लागि छुटको योजनाले पनि काम गरेको छ ।’

क्यानालिसका अनुसन्धान विश्लेषक लुकास झोङले भने, ‘पछिल्लो नीतिले यस वर्षको बजार वृद्धिको जग बसालेको छ र विक्रेताहरूले बजारको बाटो र आपूर्तिको लागि तयारी सुरु गरिसकेका छन्।’रासस

प्रतिक्रिया दिनुहोस्