काठमाडौँ । अमेरिकाको लस एन्जलस जंगलमा २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।
दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकालिएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा परेका छन् ।
सार्बजनिक भिडियोमा प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखिएको छ । यहाँ बसोबास गर्ने मानिसहरु आफ्नो घर र सवारीसाधन छोडेर भागेको देखिन्छ ।
क्यालिफोर्नियामा लाखौं मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। यो आगलागि अझै फैलिने खतरा रहेको चेतावनी दिइएको छ ।
अहिले राहत र उद्धार कार्यमा राज्य सरकार र केन्द्र सरकार लागिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।