Logo

हमास ३४ बन्धक रिहा गर्न सहमत, को-को हुँदैछन् रिहा ?

हमास ३४ बन्धक रिहा गर्न सहमत, को-को हुँदैछन् रिहा ?



काठमाडौं । हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा ३४ बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ । मिडिया रिपोर्टका अनुसार हमासका एक वरिष्ठ अधिकारीले ३४ जना बन्धकहरू रिहा गर्न सहमत भएको जानकारी दिएका छन् ।

सूचीमा रहेका नामहरूमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना बन्धकहरू छन्, जसमा केही युवा पुरुषहरू पनि समावेश छन्, जसलाई हमासले इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो । हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ ।

यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगरेको बताएको छ । यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको बताएको थियो । इजरायलले गाजा पट्टीमा आक्रमण बढाएको बेला फेरि युद्धविरामको विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्