काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले आफुसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताएकी छन् ।
थाई टेलिकमका मालिक तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी थिइन् ।
पेटोङटार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी) को अनुरोधमा घोषणा गर्नुभएको हो । उनले आफूसँग कूल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताएकी छन् ।
उनको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको घोषणामा उल्लेख छ ।
उनको अन्य सम्पत्तिमा करिब सात करोड ६० लाख बाहत मूल्यका २१७ वटा ह्यान्डब्याग र १६ करोड २० लाख भाट बराबर मूल्यका ७५ वटा घडी रहेको उल्लेख छ । उनले आफूसँग बेलायती र जापानका अन्य सामान पनि सम्पत्तिका रूपमा रहेको उल्लेख गरिन् ।
स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेको एनएसीसीको दस्तावेजअनुसार उनले करिब पाँच अर्ब भाटको अन्य दायित्व पनि घोषणा गरेकी छन् । योसहित उनको कूल सम्पत्ती २५करोड ८० लाख अमेरिकी डलर दिएको थियो ।
फेउ थाई पार्टीका एक प्रतिनिधिले एएफपीसँग कुरा गर्दै थाइ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्याङ्क सही भएको पुष्टि गरेकी छन् ।
फोब्र्सका अनुसार कुनै समय म्यानचेस्टर सिटी फुटबल क्लबको मालिकसमेत पेटोङ्टार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर छ । फोब्र्सको सूचीमा उनी थाइल्याण्डको १० औं धनी व्यक्ति बनेका छन् ।
थाक्सिनले आफ्नो शिन कर्प दूरसञ्चार कम्पनीले कमाएको धनलाई राजनीतिमा उत्प्रेरित गर्न प्रयोग गरेका थिए । उनले परिवार निर्वासनमा रहेका वर्षहरूमा पनि थाइ राजनीतिमा प्रभावशाली रहेको थियो ।
विश्लेषकहरूका अनुसार थाइल्याण्डमा सम्पत्ति र पारिवारिक विराशतको लामो समयदेखि सम्बन्ध देखिँदै आएको थियो ।