Logo

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन



काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ बर्षिय सिंहको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्समा भर्ना गरिएको थियो । एम्सले सिंहको उपचारको क्रममा निधन भएको जानकारी दिएको हो ।

घरमै बेहोस भएपछि उनलाई एम्सको इमर्जेन्सीमा गएराती लागिएको र राति ९ बजेर ५१ मिनेटमा उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मनमोहन सिंह भारतको दुई पटक प्रधानमन्त्री भएका थिए । उनी २२ मे २००४ देखि २६ मे २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका थिए । सन् १९९१–९६ सम्म भारतको अर्थमन्त्री रहेका सिंहलाई भारतको आर्थिक उदारीकरणका प्रणेता मानिन्छ ।

सिंहको निधन प्रति दुख व्यक्त गर्दै भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्