Logo

दिल्लीमा फेरी बढ्यो प्रदुषण, कक्षा ५ सम्मका विद्यालय बन्द

दिल्लीमा फेरी बढ्यो प्रदुषण, कक्षा ५ सम्मका विद्यालय बन्द



काठमाडौं । भारतको राजधानी दिल्लीमा एकपटक फेरि प्रदुषण बढेको छ । मंगलबार बिहान दिल्लीमा कुहिरोसँगै प्रदुषण बढेपछि कक्षा ५ सम्मका विद्यालय बन्द गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

दिल्लीमा हाल वायु गुणस्तर सूचकांक (एक्यूआइ) विश्वकै सबैभन्दा बढी ५९७ रहेको छ । प्रदुषण बढेपछि दिल्ली, गुरुग्राम, फरीदाबाद, गाजियाबाद, नोएडा र ग्रेटर नोएडामा कक्षा ५ सम्मका विद्यालयहरू बन्द गरिएको छ । कक्षा १० र १२ बाहेक विद्यालयका अन्य सबै कक्षा हाइब्रिड मोडमा सञ्चालित हुनेछन् । एक्यूआइ ४०० नाघ्ने बित्तिकै दिल्लीमा ग्रेप ४ लागू गरिएको छ र विभिन्न प्रतिबन्धहरू लगाइएको छ ।

जस अनुसार कलकारखाना, निर्माण कार्य र यातायातमा कडा प्रतिबन्ध लगाइनेछ । ट्रक लोडर र अन्य भारी सवारीलाई दिल्लीमा प्रवेश गर्न दिइने छैन। सबै प्रकारका निर्माण तथा भत्काउने काममा रोक लगाइनेछ । सरकारी तथा निजी कार्यालयमा घरबाटै काम गर्न निर्देशन दिइएको छ । कच्चा सडकमा निर्माण सामग्री बोक्ने सवारी साधनमा रोक लगाइएको छ । खुलामा फोहोर फाल्न, पोलिथिन र प्रदुषणकारी पदार्थको प्रयोगमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्