काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबियामा हुने भएको छ । साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजेन्सीले जनाएको छ ।
९२ हजार दर्शक क्षमता भएको रियादको किङ सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने चर्चा छ ।
खेल हुने १५ मध्ये चारवटा रंगशाला बनिसकेको सञ्चारमाध्यमले जनाएको छ । यसअघि सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ । २०३० को विश्वकपका खेल मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वे गरी ६ देशमा हुनेछ ।