काठमाडौं । सिरियाको विद्रोही समूह राजधानी दमास्कस प्रवेश गरिसकेको छ । विद्रोही समूह हयात तहरिर अल–शाम (एचटीएएस) ले राष्ट्रपति बसर अल–असद देश छाडेर भागेको दाबी गरेको छ ।
एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा एउटा कालो अध्याय समाप्त भएको र नयाँ युग सुरुवात भएको लेखेको छ ।
यसअघि समाचार एजेन्सी रोयटर्सले पनि दुई वरिष्ठ सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल–असदले दमास्कस छाडेको बताएको थियो । तर उनी कहाँ गए भन्ने स्पष्ट भइसकेको छैन ।