काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको क्वेटा शहरको रेलवे स्टेसनमा विष्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । अरु ४६ जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
ज्यान गुमाउने र घाइतेको संख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ । यात्रुहरूले रेल पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको क्वेटाका प्रहरी प्रमुख मुहम्मद बलोचले बताए । रेलवे स्टेसनमा विष्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।