Logo

इजरायली आक्रमणपछि लेबनानबाट १२ लाख मानिस विस्थापित

इजरायली आक्रमणपछि लेबनानबाट १२ लाख मानिस विस्थापित



काठमाडौं । इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको संख्या करिब १२ लाख पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन इकाईले जारी गरेको प्रतिवेदनमा उल्लेख सो संख्या उल्लेख छ ।

हालसम्म लेबनानभर विस्थापित व्यक्तिहरूलाई आश्रय दिन ८६७ केन्द्रहरू खोलिएको छ । केही भागेर अन्य देशमा गए पनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका छन् । लेबनान हाल गरिबीमा रहेको र जनताहरू पीडित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्