Logo

रोनाल्डो बने सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो ब्यक्ति

रोनाल्डो बने सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो ब्यक्ति



काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जलाको प्लेटफर्ममा एक बिलियन (एक अर्ब) फलोअर्स प्राप्त गरेका छन् । सामाजिक सञ्जालमा रहेका उनका सबै आधिकारिक एकाउन्टका फलोअर्सको संख्या जोड्दा उनले एक१ अर्ब फलओअर्स प्राप्त गरेका हुन् ।

पोर्चुगिज स्टारलाई चर्चित सामाजिक सञ्जालहरुमा निकै राम्रो समर्थन रहेको छ । उनलाई सामाजिक सञ्जाल एक्समा एक सय मिलियन बढीले फलो गर्दा इनस्टग्राममा ६०० मिलियनले फलो गरेका छन् । केही समयअघि मात्र युट्युव रिलिज गरेका रोनाल्डोले त्यसमा पनि ६० मिलियन सस्क्राइब पाएका छन् । त्यस्तै फेसबुकमा उनका १७० मिलियन बढी फलोअर्स रहेका छन् । उनी चाइनिज सामाजिक सञ्जालमा समेत लोकप्रिय छन् ।

इनिज सामाजिक सञ्जाल कुआइशोमा उनका करिब ९ मिलियन समर्थक रहँदा विबोमा ७ मिलियन बढी समर्थक छन् । उनले आफ्नो एक अर्ब फलोअर्स भएसँगै सबै समर्थकलाई धन्यवाद दिएका छन् । उनले समाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै भने, ‘हामीले इतिहास बनाएका छौं– एक अर्ब फलोअर्स ! यो केवल एउटा संख्या मात्र होइन– यो हाम्रो साझा जोश, दृढता, र खेलप्रतिको प्रेमको प्रमाण हो ।’

उनले भनेका छन्, ‘माडेरियाका गल्लीहरूदेखि विश्वका ठूला मञ्चहरूसम्म, मैले सधैं मेरो परिवार र तपाईहरूको लागि प्रतिस्पर्धा गरेको छु, अब हामी एक अर्ब जना एक साथ उभिएका छौं ।’ उनी अगाडि लेख्छन्, ‘तपाइँहरू मेरो प्रत्येक कदममा साथमा हुनुहुन्थ्यो, सबैभन्दा माथि र सबैभन्दा तलको अवस्थामा पनि । यो यात्रा हाम्रो साझा यात्रा हो, र हामीले सँगै कुनै पनि लक्ष्य असम्भव छैन भन्ने देखाएका छौं ।’ रोनाल्डोले आफ्नो करिअरमा पाँच पटक बालोनडि’ ओर जितेका छन् । अहिलेसम्म विश्वकप जित्न नसकेका उनले युरोपियन च्याम्पियनसिपको उपाधि जितेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL