Logo

रामदेव र बालकृष्णलाई राहत, पतञ्जली प्रकरणमा अवहेलना मुद्दा बन्द

रामदेव र बालकृष्णलाई राहत, पतञ्जली प्रकरणमा अवहेलना मुद्दा बन्द



काठमाडौं । भारतको सर्वोच्च अदालतले पतञ्जली लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ ।

पतञ्जली आयुर्वेद लिमिटेडका दुवै संस्थापकलाई ‘औषधि तथा जादुई उपचार ऐन’ को उल्लंघन गरी आफ्नो कम्पनीका उत्पादनको भ्रामक विज्ञापन गरेको आरोप लागेको थियो । अदालतले भविष्यमा भ्रामक विज्ञापन नदिने भन्दै लिखित रुपमा बुझाउन भनेको थियो । यस मामिलामा, सर्वोच्च अदालतले रामदेव र बालकृष्णको माफी स्वीकार गर्‍यो ।

त्यसपछि उनीविरुद्धको अदालतको अवहेलनाको मुद्दा रोकिएको थियो । सर्वोच्च अदालतको न्यायाधीश हिमा कोहली र न्यायाधीश एहसानुद्दीन अमानुल्लाहको इजलासले यस्तो फैसला गरेको हो । पतञ्जली आयुर्वेदले बेच्ने उत्पादनबाट गम्भीर रोग निको हुने दाबी गरेको आरोप थियो । उनले आफ्नो विज्ञापनमा आधुनिक औषधि र उपचार प्रणालीको पनि आलोचना गरेको थियो ।

आइएमए (इन्डियन मेडिकल एशोसिएसन) ले आधुनिक चिकित्सालाई बदनाम गरेको मामिलामा याचिका दायर गरेको थियो । त्यसपछि अवहेलना सम्बन्धि कारबाही अगाडि बढेको थियो । यसपछि रामदेव र आचार्य बालकृष्णले पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको लागि बिना शर्त माफी मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL