Logo

ट्रम्प राष्ट्रपति निर्वाचित भए अमेरिकाबाट विदेशी निकाल्ने, अमेरिकामा रहेका नेपालीमाथि पनि असर पर्ला ?

ट्रम्प राष्ट्रपति निर्वाचित भए अमेरिकाबाट विदेशी निकाल्ने, अमेरिकामा रहेका नेपालीमाथि पनि असर पर्ला ?



काठमाडौं । आसन्न अमेरिकी निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्प र सामाजिक प्लेटफर्म एक्सका मालिक एलन मस्क दुवैले अमेरिकाको दक्षिणी सीमा व्यवस्थापनको आलोचना गरेका छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका सीईओ एलोन मस्कले आफ्नो मंगलबार बिहान एक्सको स्पेश कुराकानीको क्रममा अमेरिकन अध्यागमनको बारेमा लामो छलफल गर्ने क्रममा अबैध आप्रवासनका बारेमा खुलेर कुरा गरेका छन ।

मस्कले अमेरिकाले अवैध आप्रवासलाई सीमित गर्न आवश्यक रहेकोमा जोड दिदैँ अमेरिकाको दक्षिणी सिमा यात्राको क्रममा भोगेको र देखेको घटना सुनाउँदै भने कि, ‘त्यहाँ देखिएका मानिसहरू मैत्री देखिएनन्।’ दक्षिण सिमावाट अमेरिका छिर्न खोजिरहेका मानिसहरू क्यापेबल नभएको भन्नेमा उनीहरू दुबै सहमत भएको सीएनएनले जनाएको छ ।

ट्रम्पले आफ्नो पुर्ववत दावीहरू दोहोर्याए कि अन्य देशका ‘अपराधी र मानसिक रोगी’ अमेरिकाको सीमा भित्र छिर्दैछन । ट्रम्पले राष्ट्रपति जो बाइडेनको ‘सीमा रक्षक नियुक्त’ गरेको भन्ने दाबी झूटो भएको उल्लेख गर्दै सीमाका मुद्दाहरूको लागि उपराष्ट्रपति कमला ह्यारिसलाई पनि दोष दिएका छन् ।

तर, पूर्व राष्ट्रपतिले यदि आफु निर्वाचित भएमा यो प्रतिबद्दता जनाए कि, ‘हामी निर्वाचित भयौं भने हामीले यो देशको इतिहासमा सबैभन्दा ठूलो निर्वासन गर्नेछौं ।’ यस्तोमा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए भने अमेरिकामा रहेका कागजात विनाका नेपालीमाथि पनि असर पर्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL