Logo

बङ्गलादेशी प्रधानमन्त्री हसिनाले पदबाट दिईन राजीनामा, अन्तरिम सरकार बनाउन छलफल

बङ्गलादेशी प्रधानमन्त्री हसिनाले पदबाट दिईन राजीनामा, अन्तरिम सरकार बनाउन छलफल



काठमाडौं । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराएका छन् ।

प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएका हुन्। उनले लआफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएकी छन् ।

‘प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ, अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,’ उनले भने । कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नेछन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा उनले केहि बताएका छैनन् ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको छ ।

आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्