Logo

बङ्गलादेशमा सरकारविरोधी प्रदर्शन झन चर्कियो, ज्यान गुमाउनेको संख्या ९० पुग्यो

बङ्गलादेशमा सरकारविरोधी प्रदर्शन झन चर्कियो, ज्यान गुमाउनेको संख्या ९० पुग्यो



काठमाडौं । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौं बङ्गलादेशी प्रदर्शनकारीहरू र सरकार समर्थकबीच हिंसात्मक झडप हुँदा ९० जना बढीको ज्यान गएको छ । लाठी, चक्कु र बन्दुक प्रयोग भएको झडपमा झण्डै दुई सय जना घाइते भएका बीबीसीले जनाएको छ ।

यसअघि सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्धको विद्यार्थी प्रदर्शन हिंसात्मक हुँदा दुई सय बढीको ज्यान गएको थियो । यो प्रदर्शन प्रधानमन्त्री हसिनाले आफ्नो १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्ति भएको प्रतिक्रिया दिएकी थिइन् ।

विद्यार्थी प्रदर्शनलाई सेनाले केही समयका लागि मथ्थर बनाए पनि सरकार विरोधी प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा रबरको गोली हान्नु परेको अवस्था छ । केही पूर्वसैन्य अधिकारीहरू विद्यार्थी आन्दोलनमा सहभागी भएका छन् ।

यसैबीच, बङ्गलादेशका विभिन्न शहरमा आन्दोलन थप चर्किएपछि भारतीय उच्च आयोगले आफ्ना नागरिकका लागि सचेत रहन भन्दै सूचना निकालेको छ । उनीहरुलाई त्यहाँ रहेको उच्चायोगको कार्यालयको सम्पर्कमा निरन्तर रहिरहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्