Logo

कमला ह्यारिस बनिन् डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार

कमला ह्यारिस बनिन् डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार



काठमाडौं । अमेरिकाकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई सत्तारुढ डेमोक्रेटिक पार्टीले आगामी राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा उम्मेदवार चयन गरेको छ । ह्यारिस भारतीय–अफ्रिकी मूलकी पहिलो महिला हुन्, जसलाई राष्ट्रपति पदका लागि मनोनयन गरिएको छ ।

शुक्रबार उम्मेदवार छनोटका लागि भएको मतदानमा उनले सफलता पाएसँगै नोभेम्बर ५ मा हुने आम चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नेछिन् । डेमोक्रेटिक पार्टीका अधिकांश प्रतिनिधिबाट उम्मेदवारी पाएको घोषणापछि ह्यारिसले अमेरिकाको राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार बन्न पाउँदा आफूलाई गर्व लागेको बताइन् । उनले अर्को हप्ता औपचारिक रूपमा मनोनयन स्वीकार गर्ने पनि बताइन् । ह्यारिसकी आमा भारतीय अमेरिकी थिइन् भने उनका बुबा अफ्रिकी मूलका जमैकन थिए ।

अगस्ट २२ मा शिकागोमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्ने जनाइएको छ । अबको केही दिनमा उनले उपराष्ट्रपतिको उम्मेदवार घोषणा गर्न सक्नेछिन् । यस्तै, ट्रम्पले शुक्रबार आफ्नो सम्भावित डेमोक्रेटिक प्रतिद्वन्द्वी उपराष्ट्रपति कमला ह्यारिससँगको बहसमा भाग लिने वा नलिने भन्ने निर्णय नगरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL