Logo

कमजोर येन टोयोटाका लागि जापानमा समस्याबाट पार पाउने विकल्प, खुद मुनाफामा सामान्य वृद्धि

कमजोर येन टोयोटाका लागि जापानमा समस्याबाट पार पाउने विकल्प, खुद मुनाफामा सामान्य वृद्धि



काठमाडौं । कमजोर येन र लागत कटौतीले विश्व प्रसिद्ध जापानी कार उत्पादक कम्पनी टोयोटालाई आफ्नो घरेलु बजारमा उत्पादन र बिक्रीमा आएको गिरावटलाई हटाउन मद्दत गरेको छ ।
कम्पनीको पहिलो त्रैमासिकको खुद मुनाफामा सामान्य वृद्धि भएको बिहीबार टोयोटाको जनाएको छ ।

कम्पनीको खुद आम्दानी १.७ प्रतिशतले बढेर १.३३ ट्रिलियन येन (८.९ अर्ब अमेरिकी डलर) पुगेको छ भने सञ्चालन मुनाफा १६.७ प्रतिशतले बढेर १.३१ ट्रिलियन येन पुगेको छ । राजस्व सङ्कलनमा १२.२ प्रतिशत बढेर ११.८ ट्रिलियन येन पुगेको छ ।

बिक्रीको आधारमा विश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले आफ्नो बर्षभरीको आम्दानीको पूर्वानुमानमा कुनै परिवर्तन नभएको जनाएको छ ।

टोयोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जापानमा उत्पादन र बिक्रीमा कमी आए पनि विदेशी विनिमय दर र लागत घटाउने प्रयासको प्रभावका कारण हाम्रो सञ्चालन आय १.३ ट्रिलियन येन थियो ।

टोयोटाले भनेको छ, “प्रमाणीकरणको समस्या र फिर्ताजस्ता कारकहरूले गर्दा जापानमा स्थिर उत्पादन कायम गर्न असमर्थताको बावजुद, हामीले आपूर्तिकर्ता र व्यवसायिक किनबेचमा सहकार्यमा संलग्न डिलरसहित हाम्रा सबै सरोकारवालाहरूको सहयोगले मुनाफामा वृद्धि हासिल गर्न सफल भएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्
MBL