Logo

१६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित

१६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित



काठमाडौं । करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा परेका छन् । इजरायली श्रम मन्त्रालयले व्यावसायिक वातावरणीय परीक्षणमा १६ प्रतिशत कामदारहरू हानिकारक रासायनिक कारकहरूबाट प्रभावित भएको पाइएको हो ।

सन् २०२४ को सुरुदेखि दुई हजार १०० भन्दा बढी अनुगमन रिपोर्ट, प्रारम्भिक सर्वेक्षण, व्यावसायिक वातावरणीय परीक्षणका २२ हजारभन्दा बढी परिणामहरूकाच लागि रासायनिक कारक जिम्मेवार रहेको प्रशासनलाई रिपोर्ट गरिएको थियो ।

परीक्षण लगभग एक हजार एकसय कारखानामा गरिएको थियो भने यसले २३ हजारभन्दा बढी कामदारको प्रतिनिधित्व गर्दछ । सबै प्रतिवेदन प्रशासन प्रयोगशालाको नियन्त्रण र अनुसन्धानबाट निकालिएका निश्कर्षमा आधारित थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL