Logo

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार, कानको उपल्लो भागमा गोली लाग्यो

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार, कानको उपल्लो भागमा गोली लाग्यो



काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ । पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।

ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट रगत आएको देखिएको थियो । सुरक्षा निकायले जारी गरेको विज्ञप्ति अनुसार ट्रम्प सुरक्षित रहेको बताएका छन् । यस घटनाको चौतर्फी निन्दा भइरहेको छ । राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसले घटनाको निन्दा गरेका छन् ।

गोली प्रहार गर्ने व्यक्तिलाई घटनास्थलमै सुरक्षाकर्मीले गोली हानेका थिए र उनको मृत्यु भएको बताइएको छ । ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो कानको उपल्लो भागमा गोली लागेको र आफु सुरक्षित रहेको बताउदै अमेरिकी सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL