Logo

बेलायतमा आज आम निर्वाचन, विपक्षी लेबर पार्टीले बहुमत ल्याउने दाबी

बेलायतमा आज आम निर्वाचन, विपक्षी लेबर पार्टीले बहुमत ल्याउने दाबी



काठमाडौं । बेलायत आज (बिहीबार) आम निर्वाचन हुँदैछ । आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ । निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको छ ।

बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान गर्न पाउने छन् । बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किंगडमका सबै भागहरूमा हुनेछन् । प्रधानमन्त्री सुनकले गत मे २२ मा जुलाई ४ लाई आम निर्वाचनको मिति घोषणा गरेका थिए । त्यसको आठ दिनपछि मे ३० गते संसद् विघटन गरिएको थियो ।

यो आम निर्वाचनमा बेलायतको हरेक भागमा १८ वर्ष र सोभन्दा माथिका मानिसहरूले आफ्नो सांसद चयन गर्न मतदान गर्नेछन् । यो मतदान कुल ६५० संसदीय सीटहरूको लागि हुनेछ। छानिएका व्यक्तिले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा पाँच वर्षसम्म निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नेछन् । यो चुनावमा मुख्य प्रतिस्पर्धा ऋषि सुनकको कन्जरभेटिभ र प्रमुख विपक्षी नेता केयर स्टारमरको लेबर पार्टीबीच छ ।

निर्वाचनअघि गरिएको सर्वेक्षणले संसदमा लेबर पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरेको छ । सर्वेक्षण सही साबित भए, कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त हुनेछ र बेलायतमा १४ वर्षपछिपहिलो पटक लेबर पार्टीले देशको जिम्मेवारीमा फर्किनेछ । बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL