Logo

भारतको उत्तर प्रदेशमा सत्संगमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो

भारतको उत्तर प्रदेशमा सत्संगमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो



काठमाडौं । भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिका समेत छन् । घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हाथरस जिल्लाको फुलरई गाउँमा उक्त सत्संग आयोजना गरिएको थियो । नारायण साकार हरि नाम गरेका बाबाको सत्संग कार्यक्रममा उक्त दुर्घटना भएको हो । सत्संग समाप्त भएलगत्तै मानिसहरु बाहिरिने क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न प्रहरी अतिरिक्त महानिर्देशकको नेतृत्वमा समिति गठन गरेका छन् ।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका छन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए । उत्तर प्रदेश सरकारले पनि मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL