Logo

मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत रहने जानकारी

मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत रहने जानकारी



काठमाडौं । भारतीय केन्द्रीय बैङ्क (आरविआई)ले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जोखिम कायमै रहेकाले शुक्रबार लगातार आठौं पटक ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।

भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण रिपो रेट ६।५० प्रतिशतमा स्थिर रहने बताएको छ । युरोपेली केन्द्रीय बैङ्कसहित दुई प्रमुख केन्द्रीय बैङ्कले सन् २०१९ पछि पहिलो पटक ब्याजदर कटौती गरेका छन् ।

भारतमा मुद्रास्फीति सन् २०२२ को ७।८ प्रतिशतको उच्च बिन्दुबाट खुम्चिएको छ तर अझै पनि आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ ।

भारतीय रिजर्भ बैङ्कका गभर्नर शक्तिकान्त दासले विशेषगरी खाद्य वस्तुको मूल्य वृद्धिका कारण हुने कुनै पनि जोखिमप्रति बैङ्क सचेत रहेको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा चुनावमा पूर्ण बहुमत हाँसिल नगरेपछि सरकार सञ्चालनका लागि गठबन्धन साझेदारहरूमा निर्भर हुन बाध्य भएको केही दिनपछि यो निर्णय आएको हो ।

विज्ञहरूका अनुसार यसले मोदीको अर्को प्रशासनलाई आफ्नो समर्थन आधार बढाउन र सहयोगीहरूलाई शान्त पार्न पपुलिस्ट खर्चको सहारा लिन बाध्य पार्न सक्छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL