Logo

मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा, कसले बनाउँला अब नयाँ गठबन्धन सरकार ?

मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा, कसले बनाउँला अब नयाँ गठबन्धन सरकार ?



काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा निर्वाचनको नयाँ नतिजा आइसकेपछि प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर राजीनामा दिएका हुन् ।

मोदीको राजीनामा राष्ट्रपति मुर्मुले स्वीकार गरेकी छन् । यद्यपि नयाँ प्रधानमन्त्री नबनेसम्म मोदी नै काम चलाउ प्रधानमन्त्री रहने छन् । प्रधानमन्त्री मोदीले राजीनामा दिएसँगै नयाँ नतिजाअनुसार प्रधानमन्त्रीको बाटो खुलेको छ । नयाँ नतिजाअनुसार २०१४ पछि कुल ५४३ सिटको भारतीय लोकसभामा कुनै पनि पार्टीको बहुमत आएको छैन ।

लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा बढी २४० सिट जीत निकालेको छ । भाजपा नेतृत्वको एनडिए गठबन्धनको २९३ सिटसहित बहुमत छ ।

यद्यपि एनडिए गठबन्धन फुटाएर विपक्षी भारतीय नेशनल कांग्रेस (कांग्रेस आई) नेतृत्वको इन्डिया गठबन्धनले सरकार बनाउने प्रयास गरिरहेको छ । यद्यपि भारतीय सञ्चारमाध्यमले गठबन्धन दलको सहायतामा अझै प्रधानमन्त्री निरन्तर रहने दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्