Logo

भारतको चेन्नईबाट १७२ यात्रु लिएर उडिरहेको विमानमा बमको धम्की, आपतकालीन अवतरण

भारतको चेन्नईबाट १७२ यात्रु लिएर उडिरहेको विमानमा बमको धम्की, आपतकालीन अवतरण



काठमाडौं । भारतको चेन्नईबाट मुम्बईका लागि १७२ यात्रु लिएर बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपतकालीन अवतरण गरिएको छ । शनिबार बिहान मुम्बई जाँदै गर्दा इन्डिगो विमानमा बमको धम्की आएपछि मुम्बई एयरपोर्टमा आपतकालीन अवतरण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उडान ६ ई ५३१४ चेन्नईबाट बिहान ७ बजे उडेको थियो । बिहान करिब पौने ९ बजे मुम्बई एयरपोर्टमा अवतरण भएको थियो । अवतरणपछि सबै यात्रुलाई सकुशल बाहिर निकालेर पूरै विमानभित्र खोजी भइरहेको दैनिक भास्करले जनाएको छ । त्यसमा १७२ यात्रु थिए ।

विमानमा एक बेवारिसे रिमोट भेटिएको थियो । त्यसपछि पाइलटहरूले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई जानकारी दिएर आपत्कालीन अवतरणको अनुमति मागेका थिए । एक हप्तामा इन्डिगो एयरलाइन्सलाई बमको धम्की आएको यो दोस्रो पटक हो । यसअघि मे २८ मा दिल्लीबाट वाराणसी जाँदै गरेको इन्डिगोको उडान ६ई–२२११ लाई पनि बमको धम्की दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL