Logo

कोलकोताले जित्यो आइपिएलको उपाधि, उपाधिसँगै जित्यो ३२ करोड रुपैयाँ नगद

कोलकोताले जित्यो आइपिएलको उपाधि, उपाधिसँगै जित्यो ३२ करोड रुपैयाँ नगद



काठमाडौँ । कोलकोता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपिएलको उपाधि जितेको हो ।

सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकोताले १०।३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकोताका लागि बेंकटेश अय्यरले सर्बाधिक ५२ रन बनाए भने रह्मनुल्लाह गुरबाजले ३९ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले १८.३ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो । सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्बाधिक २४ रन बनाएका थिए भने एडन मार्क्रमले २० रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर आन्द्रे रसेलले सर्बाधिक ३ विकेट लिए भने हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिएका थिए । यो जितसँगै कोलकोताले २०१२ र २०१४ पछि तेस्रो पटक आइपिएलको उपाधि जितेको छ । कोलकोता २०२१ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

आईपीएल २०२४ को फाइनल खेलपछि च्याम्पियन र उपविजेता टोलीलाई पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । विजेता टोली कोलकाता नाइट राइडर्सले उपाधिसँगै भारु २० करोड अर्थात नेपाली ३२ करोड रुपैयाँ नगद हात पारेको छ ।

पुरस्कार राशि

  • विजेता टोली (कोलकाता नाइट राइडर्स) – २० करोड
  • उपविजेता – (सनराईजर्स हैदरावाद) – १२.५ करोड रुपैयाँ
  • तेस्रो टोली (राजस्थान रोयल्स) – ७ करोड
  • चौथो टोली (रोयल च्यालेन्जर्स बैंगलोर) – ६.५ करोड रुपैयाँ (सबै भारतीय रुपैयाँमा)

प्रतिक्रिया दिनुहोस्
MBL