Logo

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको निधन

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको निधन



काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेमको पनि निधन भएको छ । हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार रहेको बताइएको छ ।

उद्धार टिमले हेलिकप्टरको पहाडमा ठोक्किएर खसेको अवस्थामा सोमबार बिहान भेटाएको थियो । क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न राष्ट्रपति रायसी आइतबार अजरबैजान गएका थिए । उद्घाटनपछि राईसी तबरेज सहरतर्फ लागेका थिए । ताब्रिज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो । यही क्रममा हेलिकप्टर बाटोमा दुर्घटनामा परेको थियो । हेलिकप्टर दुर्घटना भएको क्षेत्र ताब्रिज सहरबाट ५० किलोमिटर टाढा भार्जेकन सहर नजिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL