Logo

श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने राष्ट्रपति विक्रमासिङ्घेको दावी

श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने राष्ट्रपति विक्रमासिङ्घेको दावी



काठमाडौं । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा बढेर तीन प्रतिशत पुग्ने बताएका छन् । उनले अर्को वर्ष सरकारी कर्मचारीको तलब वृद्धि गरिने बताए ।

कोलम्बोमा अन्तर्राष्ट्रिय नर्स दिवस समारोहमा उनले सरकारले देशको अर्थतन्त्रलाई द्रुत विकासतर्फ अघि बढाउन चारवटा प्रमुख कानून पहिचान गरेको उल्लेख गरे ।

उनले केन्द्रीय बैंकलाई स्वायत्तता दिने पहिलो कानून यसअघि नै बनेको जानकारी दिए । बाँकी कानून सार्वजनिक ऋण व्यवस्थापन ऐन, सार्वजनिक वित्त ऐन र आर्थिक रूपान्तरण कानून रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्