Logo

गाजा युद्धका लागि इजरायलले छुट्यायो थप २० खर्ब रुपैयाँ

गाजा युद्धका लागि इजरायलले छुट्यायो थप २० खर्ब रुपैयाँ



काठमाडौं । इजरायलले गाजा युद्धका लागि १५ बिलियन डलर (करीब २० खर्ब रुपैयाँ) थप खर्च गर्ने भएको छ । इजरायलको मन्त्रीपरिषद्ले संशोधित बजेट पारित गर्दै गाजा युद्धका लागि थप १५ बिलियन डलर खर्च गर्ने भएको हो ।

इजरायलको मन्त्रीपरिषद्ले हालै पारित गरेको गाजा युद्धको प्रकाशमा थप खर्चको १५ बिलियन बिलियन थपेर संशोधित सन २०२४ का लागि बजेट पारित गरेको इजरायली वित्त मन्त्रालयले जनाएको छ । गाजामा जारी युद्धमा भडकिलो खर्च गर्न नहुने भन्ने केही मन्त्रीहरूको बिरोधका बाबजुद संशोधनसहित १५ बिलियन डलरको बजेट पारित गरेको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मतदान अघि भने, ‘यो युद्ध बजेट हो, जसले हाम्रा रिजर्भेष्टहरू, तिनीहरूका परिवारहरू, स्व–रोजगारी र सरकारी मन्त्रालय र जनताको आवश्यकताको पनि ख्याल राख्छ ।’ सो बजेट पारित गर्ने क्रममा प्रधानमन्त्री नेतान्याहुले भने, ‘हामीले स्वास्थ्य बजेट पनि बढाउँदैछौं र मानसिक स्वास्थ्यको लागि एक अर्ब शेकेल थप्दैछौं, यो महत्वपूर्ण आवश्यकता हो । शिक्षा बजेट, कल्याणकारी बजेट, आन्तरिक सुरक्षा बजेटमा बृद्धि भएको छ तर सबैभन्दा महत्वपूर्ण रक्षा बजेट, जुन विजय र हाम्रो भविष्यका लागि आवश्यक छ ।’ इजरायली मिडियाका अनुसार युद्ध बजेट धेरै भएको भन्दै जनताहरूले असहमति प्रकट गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL