Logo

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव जारी

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव जारी



काठमाडौं । नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।

दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजराइली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो । विस्फोटपछि दूतावास नजिकै इजराइली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ ।

भारतका लागि इजराइली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको मङ्गलबार बताएका थिए

इजराइली राष्ट्रिय सुरक्षा परिषद्ले बम विस्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ । भारतमा बसोबास गर्ने इजराइलीहरूलाई परिषद्ले सल्लाह दिँदै भनेको छ, “भिड हुने स्थान (मल, बजार) तथा पश्चिमी÷यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नुहोला ।” परिषद्ले इजराइलीहरूलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL