Logo

दक्षिण कोरियाको युवा जनसंख्या आगामी ३० वर्षमा आधा हुने आंकलन, कूल युवा जनसंख्यामा ८१ प्रतिशत अविवाहित

दक्षिण कोरियाको युवा जनसंख्या आगामी ३० वर्षमा आधा हुने आंकलन, कूल युवा जनसंख्यामा ८१ प्रतिशत अविवाहित



काठमाडौँ । तीव्ररूपमा बढिरहेको बढ्दो उमेरको जनसंख्या र कीर्तिमानीरूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको संख्या आधा हुने अपेक्षा गरिएको मुलुकको तथ्याङ्क निकायले सोमबार बताएको छ ।

तथ्याङ्क कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको संख्या कूल जनसंख्याको २० दशमलव चार प्रतिशत अर्थात एक करोड दुई लाख १३ हजार थियो । यो उमेर समूहको संख्या सन् १९९० मा एक करोड ३८ लाख ४९ हजारबाट सन् २००० मा एक करोड २८ लाख ८३ हजार र सन् २०१० मा एक करोड नौ लाख ६७ हजार भएपछि सन् २०५० मा यो सङ्ख्या घटेर ५२ लाख १३ हजार हुने अनुमान गरिएको छ ।

सन् २०५० मा कूल जनसंख्यामा युवाहरूको प्रतिशत घटेर ११ प्रतिशत हुने अनुमान गरिएको छ । कूल प्रजनन दर अर्थात एक महिलाद्वारा उनको जीवनकालमा जन्माउने शिशुको औसत संख्या तीव्ररूपमा बढ्दो जनसंख्याका बिच सन् २०२२ मा शून्य दशमलव ७८ को न्यूनस्तरमा पुगेको छ ।

कूल युवा जनसंख्यामा अविवाहित युवाहरूको प्रतिशत पाँच वर्षअघिको ७५ प्रतिशतबाट बढेर सन् २०२० मा ८१ दशमलव पाँच प्रतिशत भएको छ । यो आँकडा सन् २००० मा ५४ दशमलव पाँच प्रतिशतबाट तीव्ररूपमा बढेर सन् २००५ मा ६३ दशमलव दुई प्रतिशत र सन् २०१० मा ६८ दशमलव नौ प्रतिशत भएको छ ।

कूल युवा महिलाहरूमा आर्थिरूपमा सक्रिय युवा महिलाहरूको अनुपात सन् २००० मा ४२ दशमलव तीन प्रतिशतबाट बढेर सन् २०१० मा ५५ दशमलव दुई प्रतिशत र सन् २०२० मा ६१ दशमलव एक प्रतिशत भएको छ । आर्थिकरूपमा सक्रिय युवा पुरुषहरूको प्रतिशत सन् २००० मा ६६ प्रतिशतबाट घटेर सन् २०१० मा ६४ दशमलव सात प्रतिशत र सन् २०२० मा ६३ दशमलव नौ प्रतिशतमा झरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्