Logo

युद्धमा फसेको इजरायल, स्वदेशी मुद्राको अवमूल्यनबाट बच्न संचित ३० अर्ब डलर विक्री गर्दै

युद्धमा फसेको इजरायल, स्वदेशी मुद्राको अवमूल्यनबाट बच्न संचित ३० अर्ब डलर विक्री गर्दै



काठमाडौं । हमासको आक्रमणपछि देश युद्धमा भएको घोषणा गरेको इजरायलले पछिल्लो समय लगातार स्वदेशी मुद्राको अवमूल्यन भइरहेपछि आफ्नो वैदेशिक संचितिमा रहेको ३० अर्ब बढी अमेरिकी डलर विक्री गर्ने भएको छ । हमास विद्रोहीले इजरायलमाथि आक्रमण गरिरहँदा इजरायलको मुद्रा सेकेल १.६३ प्रतिशतले अवमूल्यन भएको छ । इजरायलको केन्द्रिय बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै बजार चलायमान गराउन केहि काम गर्नुपर्ने उल्लेख गरेको थियो । जसमा विदेशी विनिमय संचितिमा रहेको डलर विक्री गर्नु हो । यसरी एकैपटक ३० अर्ब बढी डलर विक्री गर्दा बजारमा तरलता प्रवाह हुने इजरायली केन्द्रिय बैंकको अनुमान छ । उक्त संचित डलर भने टेण्डर आह्वान गरेर विक्री गरिनेछ ।

गएको आईतबार मात्रै इजरायली बेन्चमार्क टीए ६.४७ प्रतिशतले घटेर पछिल्लो ३ बर्षयताकै न्युन विन्दुमा पुगेको थियो । तर, इजरायली अर्थतन्त्र बलियो भएपनि आक्रमणकारीहरुले हमला गरेर तहसनहत पार्दा केहि समस्या निम्तिएको अधिकारीहरु बताउँछन् । यसरी तहसनहस भएको अर्थतन्त्र पनि एक देखि २ हप्तामै पुरानै लयमा आउने इजरायली सरकारका अधिकारीहरुले बताएका छन् ।

पछिल्लो समय इजरायलमा निम्तिएको समस्याका कारण इजरायलप्रति हेर्ने नजर नै फरक भएका कारण यहाँको मुद्रा एकाएक अवमूल्यन भएको छ । यो देशलाई हेर्ने नजर स्वयं इजरायलीहरुले नै फरक पारेका छन् । यसले इजरायली अर्थतन्त्रलाई नै समस्यामा पारेको हो । गएको शनिबार साँझ प्यालेस्टाईनको सैन्य समुह हमासले इजरायलमाथि समुद्र, आकाश र जमिनबाट आक्रमण गरेको थियो । उक्त सैन्य समुहले गाजाबाट इजरायलमा हजारौं रकेट बमहरु आक्रमण गरेको थियो । जसमा अहिलेसम्म ९०० बढीको मृत्यु भएको छ । यस्तै इजराययले गाजामा गरेको प्रतिरोधात्मक कारवाहीमा ६०० बढीको मृत्यु भएको छ । दुवैतर्फ हजारौं घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL