Logo

रसियामा पुटिनविरुद्ध असफल सैन्य विद्रोह गरेका वाग्नर प्रमुख प्रिगोजिन विमान दुर्घटनमा मारिए

रसियामा पुटिनविरुद्ध असफल सैन्य विद्रोह गरेका वाग्नर प्रमुख प्रिगोजिन विमान दुर्घटनमा मारिए



काठमाडौं । रुसमा केही समयअघि सरकारविरुद्ध असफल सैन्य विद्रोह गरेका यव्गेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको आशंका गरिएको छ ।

दुर्घटनाग्रस्त एक निजी विमानमा रहेका १० यात्रुमध्ये उनको नाम पनि समावेश छ । उनी सोही विमानमा भएको बताइएको छ । विमानमा रहेका तीन चालकसहित सबैको ज्यान गएको जनाइएको छ ।

मस्कोबाट उत्तरतर्फको त्वेर क्षेत्रमा सो विमान खसाइएको केही सञ्चारमाध्यमले दाबी गरेका छन् । यसबारे थप विवरण आउन बाँकी छ । प्रिगोजिन निजी सैन्य समूह वाग्नरका प्रमुख हुन् । युक्रेनमा युद्धरत वाग्नर समूहले गत जुन महिनामा सरकारी सेनाविरुद्ध विद्रोह गरेको थियो ।

सीमावर्ती क्षेत्रबाट मस्कोतर्फ बढेको सो फौज २४ घण्टापछि सम्झौता भएपछि रोकिएको थियो । त्यसपछि वाग्नरलाई युक्रेनबाट हटाएर बेलारुस पठाइएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL