Logo

गो फर्स्ट एयरलाइन्सद्वारा मे २६ सम्मका सबै उडान रद्द, यात्रुको रकम फिर्ता गर्ने प्रतिबद्धता

गो फर्स्ट एयरलाइन्सद्वारा मे २६ सम्मका सबै उडान रद्द, यात्रुको रकम फिर्ता गर्ने प्रतिबद्धता



नयाँ दिल्ली । भारतीय गो फर्स्ट एयरलाइन्स (गोएयर)ले मे २६ सम्मका लागि सबै उडान रद्द गरेको छ । यसअघि एयरलाइन्सले मे १९ सम्मका लागि उडान रद्द गरेको थियो । “सन् २०२३ को मे २६ तारिखसम्म का लागि तय गरिएको गो फस्र्ट उडानहरु रद्द गरिएको छ ।

यसका लागि कम्पनीले खेद प्रकट गर्दछ । गो फस्र्टले भनेको छ, “उडान रद्द हुँदा भएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं । एयरलाइन्सले चाँडै नै भुक्तानीको सबै रकम पूर्ण फिर्ता गरिने बताएको छ । “उडान रद्द हुँदा तपाईँको यात्रा योजनामा बाधा पुगेको हुन सक्ने हामी स्वीकार गर्दछौं र हामी सक्दो सहयोग गर्न प्रतिबद्ध छौं,” विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले हालै आफ्नो सञ्चालनको कमजोरी र पुनः उत्थान अन्तर्गत तत्काल समाधानको लागि आवेदन दायर गरेको छ । “हामी पुनः र छिट्टै बुकिङ सुरु गर्न सक्षम हुनेछौं । धैर्यताका लागि कम्पनी यात्रुवर्गप्रति आभारी छ ।” एयरलाइन्सले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL